सीधै सामग्रीमा जाने

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम

शनिबार, अप्रिल १२, २०२५

हरेक वर्ष यहोवाका साक्षीहरू येसुको यस आज्ञाअनुसारै उहाँको मृत्युको सम्झना गर्छन्‌: “मेरो सम्झनामा यो गर्ने गर।”—लुका २२:१९.

तपाईँहरूलाई हार्दिक स्वागत छ।

अक्सर सोधिने प्रश्‍नहरू

कार्यक्रम कति लामो हुन्छ?

यो लगभग एक घण्टाको हुन्छ।

कार्यक्रम कहाँ हुन्छ?

स्थानीय तवरमा कुन ठाउँमा कार्यक्रम हुन्छ भनी बुझ्न यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस्‌।

प्रवेश शुल्क लाग्छ?

लाग्दैन।

चन्दा उठाइन्छ?

उठाइँदैन।

कस्तो पहिरन लगाउनुपर्छ?

कस्तो पहिरन लगाउनुपर्छ भन्‍ने सन्दर्भमा कुनै नियम तोकिएको छैन। तर यहोवाका साक्षीहरू बाइबलको सल्लाह लागू गर्दै शालीनता झल्किने अनि भद्र पहिरन लगाउँछन्‌। (१ तिमोथि २:९) तपाईँको पहिरन महँगो वा एकदमै औपचारिक हुनुपर्छ भन्‍ने छैन।

यो कार्यक्रम कसरी मनाइन्छ?

सुरुमा गीत गाएपछि एक जना यहोवाको साक्षीले प्रार्थना गर्छन्‌। त्यसपछि दिइने बाइबलमा आधारित भाषणबाट येसुको मृत्युको महत्त्वबारे बुझ्नेछौँ। परमेश्‍वर र येसुले हाम्रो लागि जे गर्नुभएको छ, त्यसबाट कसरी लाभ उठाउन सक्छौँ भनेर पनि सिक्नेछौँ। अन्तमा फेरि गीत र प्रार्थना हुनेछ।

आगामी स्मरणार्थ कार्यक्रमहरू कहिले हुनेछन्‌?

२०२५: शनिबार, अप्रिल १२

२०२६: बिहीबार, अप्रिल २