सीधै सामग्रीमा जाने

अरू धर्मलाई यहोवाका साक्षीहरू कसरी हेर्छन्‌?

अरू धर्मलाई यहोवाका साक्षीहरू कसरी हेर्छन्‌?

 अरूले जुनसुकै धर्म माने पनि “हरप्रकारका मानिसहरूको आदर गर” भनेर बाइबलले दिएको सल्लाह हामी पालन गर्छौं। (१ पत्रुस २:१७) उदाहरणको लागि, कुनै-कुनै देशमा लाखौं यहोवाका साक्षीहरू छन्‌। तैपनि हामी राजनैतिक नेताहरू वा सरकारलाई अरू धर्मका क्रियाकलापमा रोक लगाउन दबाब दिंदैनौं। अथवा हाम्रा मूल्यमान्यता र धार्मिक विचारधारा अरूले पनि स्वीकार्नैपर्ने नियम-कानुन बनाउनलाई नारा लगाउँदैनौं। बरु हामी अरूको विश्‍वासप्रति आदर देखाउँछौं र अरूले पनि हाम्रो विश्‍वासप्रति आदर देखाउँदा खुसी हुन्छौं।—मत्ती ७:१२.