सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूमाझ महिला प्रचारक पनि छन्‌?

यहोवाका साक्षीहरूमाझ महिला प्रचारक पनि छन्‌?

 छन्‌। यहोवाका सबै साक्षीहरू प्रचारक वा सेवक हुन्‌। तीमध्ये लाखौं महिलाहरू पनि प्रचारकार्यमा लागिरहेका छन्‌। बाइबलले भनेझैं “शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल” छ।—भजन ६८:११.

 यहोवाको साक्षी बनेका महिलाहरूले बाइबलमा उल्लेख गरिएका महिलाहरूको उदाहरण पछ्याउँछन्‌। (हितोपदेश ३१:१०-३१) हुन त महिलाहरूले मण्डलीमा नेतृत्व लिंदैनन्‌ तर पनि प्रचारकार्यमा तिनीहरूले पूरापूर भाग लिइरहेका हुन्छन्‌। तिनीहरू आफ्ना छोराछोरीलाई पनि बाइबलका सिद्धान्त सिकाउँछन्‌। (हितोपदेश १:८) आफ्नो वचन र कामद्वारा अरूमा राम्रो प्रभाव पार्न साक्षी महिलाहरू कडा परिश्रम गर्छन्‌।—तीतस २:३-५.