सीधै सामग्रीमा जाने

एक लाख पैंसट्ठी हजारभन्दा धेरै ट्रली

एक लाख पैंसट्ठी हजारभन्दा धेरै ट्रली

घरघरको प्रचारकार्यको लागि चिनिने यहोवाका साक्षीहरूलाई आजभोलि सार्वजनिक ठाउँहरूमा आकर्षक ट्रलीको छेउमा उभिरहेको पनि देखिन्छ।

प्रचार गर्ने यो तरिकालाई अहिले अझ जोड दिइएको छ। नोभेम्बर २०११ देखि यहोवाका साक्षीहरूले न्यु योर्कमा टेबुल र ट्रलीमा साहित्यहरू राखेर मानिसहरूलाई बाइबलको सन्देश सुनाउन थाले। यो तरिका साँच्चै प्रभावकारी साबित भयो। त्यसैले अन्य सहरहरूमा पनि यसरी नै प्रचार गर्न थालियो।

मार्च २०१५ सम्ममा संसारभरका यहोवाका साक्षीहरूका मण्डलीहरूले १ लाख ६५ हजार ३ सय ९० वटा ट्रली पाए। हजारौं स्ट्यान्ड, टेबुल र स्टल पनि पाए।

अहिले पनि बाइबलको सन्देश सुनाउने मुख्य तरिका घरघरको प्रचारकार्य नै हो। तर ट्रलीमा साहित्य राखेर प्रचार गर्ने तरिका पनि प्रभावकारी साबित भएको छ। केही अनुभव विचार गरौं।

पेरूमा यहोवाका साक्षीहरू ट्रली प्रयोग गरेर सार्वजनिक साक्षी दिइरहेका थिए। राउल नाम गरेका व्यक्‍ति तिनीहरूकहाँ आएर यसो भने, “मैले साक्षीहरूलाई तीन वर्षदेखि खोजिरहेको छु। तपाईंहरू कहाँ हुनुहुन्थ्यो? तपाईंहरूको ट्रली देखेपछि मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।”

हुन त तिनी बस्ने इलाकामा यहोवाका साक्षीहरू गइरहन्थे तर तिनलाई कहिल्यै भेट्‌न सकिएको थिएन। तिनी पहिला बाइबल अध्ययन गर्थे अनि फेरि अध्ययन सुरु गर्न चाहे। तिनीसित फेरि अध्ययन गर्ने प्रबन्ध मिलाइयो।

बुल्गेरियामा एक जवान दम्पतीले हाम्रो ट्रलीबाट पारिवारिक आनन्दको रहस्य भन्‍ने किताब लिए। अर्को हप्ता तिनीहरू फेरि आए र बाइबलका कथाहरू भएको मेरो पुस्तकमहान्‌ शिक्षकबाट सिकौं भन्‍ने किताबहरू लिए। त्यहाँ उभिएका साक्षीले ‘तपाईंहरूको कति जना छोराछोरी छन्‌’ भनेर सोधे। तिनीहरूले यस्तो जवाफ दिए, “अहिलेसम्म त छैन तर भएपछि उनीहरूलाई ईश्‍वरबारे सिकाउन चाहन्छौं। हामीलाई यस्तै किताब चाहिएको थियो।”

युक्रेनमा सैनिक पोसाक लगाएका एक जना मानिस ट्रलीको छेउमा आए अनि त्यहाँ उभिरहेका बहिनीहरूलाई यसो भने, “ए बहिनीहरू, आरमागेडोन कहिले आउँछ, मलाई बताऊ त।” युक्रेनमा भएको लडाइँमा तिनले पनि सक्रिय भएर भाग लिएका रहेछन्‌। विश्‍वघटना देखेर आरमागेडोन चाँडै आउँछ भन्‍ने कुरा तिनी विश्‍वास गर्दा रहेछन्‌ अनि परमेश्‍वरले किन कदम नचाल्नुभएको भनेर सोच्दा रहेछन्‌। परमेश्‍वरले अहिलेसम्म मानिसहरूको गतिविधिमा हस्तक्षेप नगर्नुको खास कारण छ र अब चाँडै नै उहाँले दुष्टहरूलाई विनाश गर्नुहुनेछ भनेर ती बहिनीहरूले बाइबलबाटै बुझाइदिए। ती मानिसले प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिका अनि के तपाईंको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी) भन्‍ने किताब पनि लिए।

म्यासिडोनियामा एक युवकलाई हाम्रा पत्रिकाहरूबारे थाह थियो तर अहिलेचाहिं ट्रलीबाट बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताब लिन चाहे। यो किताब लिएर सार्वजनिक पुस्तकालयमा गएर तुरुन्तै पढ्‌न चाहेको कुरा तिनले बताए।

तिनी लगभग दुई घण्टापछि फर्के। तिनले त्यो किताबको पृष्ठ ७९ सम्म पढिसकेका रहेछन्‌। तिनले भने, “यो किताबले जीवनै परिवर्तन गर्दो रहेछ। मैले विश्‍वास गरेका थुप्रै कुरा गलत रहेछ भनेर यो किताब पढेपछि बुझ्न सकें। यसमा भएका जानकारीहरू सत्य छन्‌ भनेर पक्का भएँ। यसले जीवनप्रतिको मेरो दृष्टिकोण पूरै परिवर्तन गरिदियो।”