सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा-का अतिरिक्‍त लेखहरू

प्रहरीधरहरा-का अतिरिक्‍त लेखहरू

थुप्रै प्रकाशक JW लाइब्रेरी प्रयोग गरेर सभाको लागि तयारी गर्छन्‌। यसबाट सजिलै प्रहरीधरहरा अध्ययन लेखहरू हेर्न सकेकोमा तिनीहरू खुसी छन्‌। प्रहरीधरहरा-को अध्ययन संस्करणमा अतिरिक्‍त लेखहरू पनि हुन्छन्‌, जसबाट हामी आध्यात्मिक भोजन पाउन सक्छौँ। JW लाइब्रेरी प्रयोग गरेर तपाईँ यी लेखहरू कसरी भेट्टाउन र यसबाट लाभ उठाउन सक्नुहुन्छ?

  • प्रत्येक अध्ययन लेखको अन्तमा “थप सामग्री” भन्‍ने उपशीर्षक छ। त्यसको मुनि “यस अङ्‌कका अन्य लेखहरू” भन्‍ने लिङ्‌क क्लिक गर्दा विषयसूची देखा पर्छ। त्यस विषयसूचीमा अध्ययन लेखहरूको सङ्‌ख्या पनि दिइएको याद गर्न सक्नुहुन्छ। त्यसबाहेकका अतिरिक्‍त लेखहरू पढ्‌न चाहनुहुन्छ भने त्यसमा क्लिक गर्नुहोस्‌।

  • JW लाइब्रेरी-को गृहपृष्ठमा “नयाँ के थपियो” भन्‍ने भागमा प्रहरीधरहरा-को नयाँ अङ्‌क देखा पर्दा त्यो डाउनलोड गर्नुहोस्‌। त्यो पत्रिका खोल्नुहोस्‌ र कस्ता लेखहरू आएका छन्‌ भनेर थाह पाउन विषयसूची हेर्नुहोस्‌।