सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“नम्रहरूले देश अधिकार गर्नेछन्‌”

“नम्रहरूले देश अधिकार गर्नेछन्‌”

हामीमध्ये थुप्रैले अन्याय भएको अनि दुष्टहरूले असल र निर्दोष मानिसहरूलाई दुःख दिएको देखेका छौँ। के अन्याय र दुष्टता नहुने समय कहिल्यै आउँला?

त्यसको जवाफ बाइबलको किताब भजन अध्याय ३७ मा पाउँछौँ। साथै अहिले हामीले के गर्नुपर्छ, त्यसबारे पनि यस अध्यायमा बताइएको छ। यसले यी महत्त्वपूर्ण प्रश्‍नहरूबारे के बताउँछ, याद दिनुहोस्‌।

  • कसैले हामीमाथि अन्याय गर्दा के गर्नुपर्छ?पद १, २.

  • दुष्टहरूलाई के हुनेछ?पद १०.

  • सही काम गर्नेहरूको भविष्य कस्तो छ?पद ११, २९.

  • अहिले हामीले के गर्नुपर्छ?पद ३४.

परमेश्‍वरको प्रेरणा पाएर लेखिएको भजन अध्याय ३७ ले ‘परमप्रभुको बाटो हेर्ने, उहाँकै मार्गमा हिँड्‌ने’ मानिसहरूको भविष्य उज्ज्वल छ भनेर स्पष्टसित बताउँछ। यहोवाका साक्षीहरू तपाईँलाई बाइबल अध्ययन गराउन अनि तपाईँ र तपाईँको प्रियजनहरूका भविष्य सुरक्षित बनाउने तरिकाबारे सिकाउन खुसी हुनेछन्‌।