सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चौथो मिथ्या: परमेश्‍वर त्रिएक हुनुहुन्छ

चौथो मिथ्या: परमेश्‍वर त्रिएक हुनुहुन्छ

चौथो मिथ्या: परमेश्‍वर त्रिएक हुनुहुन्छ

यो मिथ्या कसरी सुरु भयो? “अन्तिम विश्‍लेषणअनुसार त्रिएकको शिक्षा चौथो शताब्दीको अन्ततिरको उपज हो भन्‍ने छाप पर्न सक्छ। एक अर्थमा यो सत्य हो . . . एउटै ‘परमेश्‍वरमा निहित तीन व्यक्‍ति’ भन्‍ने यो सिद्धान्तले चौथो शताब्दीको अन्त हुनुअघिसम्म बलियो जग बसालिसकेको थिएन। ख्रीष्टियान जीवन तथा विश्‍वासमा पनि पूर्णतया भिजिसकेको थिएन।”—न्यु क्याथोलिक इन्साइक्लोपीडिया (१९६७), खण्ड १४, पृष्ठ २९९.

“इस्वी संवत्‌ ३२५, मे २० मा नाइसी परिषद्‌को बैठक बस्यो। कन्सटन्टाइन आफैले अध्यक्षता ग्रहण गरे र सक्रियतासाथ छलफल अघि बढाए र . . . पितासँग ख्रीष्टको सम्बन्धमा परिषद्‌ले जारी गरेको धर्मसिद्धान्त, ‘पितासँग एकै हुनुहुन्छ’ भन्‍ने निर्णायक सिद्धान्त तिनी आफैले प्रस्तावित गरे . . . सम्राट्‌देखि अत्यन्तै प्रभावित भएर उपस्थित दुई जना बाहेक बाँकी सबै विशपहरूले आफ्नो इच्छा विपरीत भए तापनि त्यस धार्मिक सिद्धान्तमा हस्ताक्षर गरे।”—इन्साइक्लोपीडिया ब्रिटानिका (१९७०), खण्ड ६, पृष्ठ ३८६.

बाइबल के भन्छ? “तिनले चाहिं पवित्र आत्माले भरिपूर भईकन स्वर्गतिर डिठ लगाएर हेरे, र परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको देखे। औ भने, ‘हेर, स्वर्ग खोलेको र मानिसका पुत्रलाई परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको म देख्तछु।’ ”—प्रेरित ७:५५, ५६.

यो दर्शनले के प्रकट गऱ्‍यो? परमेश्‍वरको सक्रिय शक्‍तिले भरिएर स्तिफनसले येशू “परमेश्‍वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको देखे।” स्पष्टत: पुनरुत्थान भएर स्वर्ग गएपछि येशू फेरि परमेश्‍वर हुनुभएको होइन; उहाँ परमेश्‍वरभन्दा भिन्‍नै आत्मिक प्राणी हुनुभयो। यो विवरणमा परमेश्‍वर र येशूबाहेक अर्को तेस्रो व्यक्‍तिको उल्लेख गरिएको छैन। डोमिनिकन पादरी मारी एमिल बइसमार्डले त्रिएक शिक्षालाई समर्थन गर्ने बाइबल पदहरू भेट्टाउने प्रयास गरे तापनि ख्रीष्टियानधर्मको प्रारम्भमा शिक्षाहरूको जन्म नामक आफ्नो पुस्तकमा a यस्तो लेख्छन्‌: “एउटै परमेश्‍वरमा निहित तीन व्यक्‍ति भन्‍ने भनाइ नयाँ नियममा कतै पाइँदैन।”

कन्सटन्टाइनले अघि सारेको शिक्षाको ध्येय चौथो शताब्दीका चर्चमा व्याप्त कलह अन्त गर्नु थियो। तर यसले अर्कै समस्या उब्जायो: येशूलाई जन्म दिने स्त्री मरियम “परमेश्‍वरकी माता” हुन्‌? ( w 09 11/01)

बाइबलका यी पदहरू तुलना गर्नुहोस्‌: मत्ती २६:३९; यूहन्‍ना १४:२८; १ कोरिन्थी १५:२७, २८; कलस्सी १:१५, १६

तथ्य:

त्रिएकको शिक्षा चौथो शताब्दीको अन्ततिरको उपज हो

[फुटनोट]

a À l’aube du christianisme—La naissance des dogmes

[पृष्ठ ७-मा भएको चित्रको स्रोत]

Museo Bardini, Florence