सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख | भगवान्‌लाई किन पुकार्ने?

मानिसहरू भगवान्‌लाई किन पुकार्छन्‌?

मानिसहरू भगवान्‌लाई किन पुकार्छन्‌?

तपाईंले भगवान्‌लाई कहिल्यै पुकार्नुभएको छ? प्रायजसो मानिसहरू पुकार्छन्‌। यहाँसम्म कि भगवान्‌मा आस्था नराख्ने कोही-कोहीले समेत भगवान्‌लाई पुकार्छन्‌ अनि प्रार्थना गर्छन्‌। तर प्रश्न उठ्छ, मानिसहरू किन प्रार्थना गर्छन्‌? यससम्बन्धी फ्रान्समा एउटा सर्वेक्षण लिइएको थियो। त्यहाँका आधाजसो मानिसहरू “मनको शान्तिको लागि” प्रार्थना वा ध्यान गर्ने गर्छन्‌ रे! युरोपमा बस्ने धेरैजसो मानिसहरू धार्मिक आस्थाको कारण प्रार्थना गर्ने गर्छन्‌। तर फ्रान्सको कुरा भने फरक छ। तिनीहरू “तनाव कम गर्नका लागि मात्र प्रार्थना गर्ने” गर्छन्‌। अर्कोतर्फ भगवान्‌माथि आस्था राख्ने मानिसहरूचाहिं चाहिएको बेलामा मात्र भगवान्‌लाई पुकार्छन्‌ र आफूले मागेको कुरा चाँडै पूरा होस् भन्ने सोच्छन्‌।—यशैया २६:१६.

तपाईंलाई चाहिं कस्तो लाग्छ? प्रार्थना मनको शान्तिको लागि मात्र गरिन्छ भन्ने लाग्छ कि? सायद तपाईं भगवान्‌मा विश्वास गर्नुहुन्छ होला। के त्यसोभए भगवान्‌ले तपाईंको पुकारा सुन्नुभएको छ? अथवा जति बिन्तीभाउ गर्दा पनि जवाफ पाउनु भएको छैन कि? प्रार्थना मनको शान्तिको लागि मात्र होइन, तर भगवान्‌सित नजिक हुने बहुमूल्य माध्यम पनि हो भन्ने कुरा बुझ्न तपाईंलाई पवित्र धर्मशास्त्र बाइबलले मदत गर्नेछ।