सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या १ २०१७ | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

तपाईंलाई कस्तो लाग्छ?

के बाइबल पुरानो जमानाको भइसक्यो? अथवा अझै पनि उपयोगी छ? बाइबल आफै यसो भन्छ: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ।”२ तिमोथी ३:१६, १७.

यस अङ्‌कको प्रहरीधरहरा-मा बाइबलमा पाइने व्यावहारिक सल्लाह-सुझावबारे बताइएको छ र बाइबल पढाइबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा गरिएको छ।

 

आवरण लेख

बाइबल किन पढ्‌नुपर्छ?

बाइबल पढेर लाखौं मानिसले कसरी लाभ उठाएका छन्‌?

आवरण लेख

पढाइ कसरी सुरु गर्न सक्छु?

बाइबल पढाइलाई अझ रमाइलो र सजिलो बनाउने पाँच वटा सुझाव।

आवरण लेख

पढाइलाई केले रोचक बनाउँछ?

अनुवाद, प्रविधि, बाइबल अध्ययन सामग्री र बाइबल पढ्‌ने विभिन्न तरिकाले बाइबल पढाइलाई रोचक र रमाइलो बनाउँछ।

आवरण लेख

बाइबलले मेरो जीवन कसरी सुधार्न सक्छ?

यस प्राचीन किताबमा व्यावहारिक सल्लाह-सुझाव पाइन्छ।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म मर्न चाहन्नथें!

इभोन क्वारीले एक चोटि आफैलाई सोधिन्‌, “म यहाँ किन छु?” यसको जवाफले तिनको जीवनमा नयाँ मोड लियो।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

“तिनले परमेश्वरलाई खुसी पारेका थिए”

परिवारको हेरविचार गर्दै हुनुहुन्छ वा सही कुराको पक्षमा उभिन गाह्रो भइरहेको छ भने हनोकको विश्वासबाट सिक्न सक्नुहुन्छ।

बुझाइमा सानो भिन्नता मात्रै हो कि?

बाइबलमा लेखिएको कुरालाई गलत तरिकामा बुझ्न सकिन्छ। तपाईं यसमा लेखिएको कुरा कसरी बुझ्न सक्नुहुन्छ?

बाइबल के भन्छ?

बाइबलमा दुःखकष्ट हुनुको कारण मात्र नभई यो कसरी अन्त हुन्छ, त्यसबारे पनि बताइएको छ।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के बाइबलको शिक्षा आपसमा बाझिन्छ?

आपसमा बाझिएजस्तो देखिने बाइबल विवरण र ती विवरणहरूको अर्थ स्पष्ट पार्ने सिद्धान्तहरू जाँच्नुहोस्‌