सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल के भन्छ?

बाइबल के भन्छ?

के पृथ्वीमा कहिल्यै न्याय छाउला?

तपाईं के भन्नुहुन्छ?

  • छाउँछ

  • छाउँदैन

  • खै, के थाह

बाइबल के भन्छ?

“मलाई थाह छ, कि परमप्रभुले दुःखीहरूका कुरा र दरिद्रहरूका हक सह्माल्नुहुनेछ।” (भजन १४०:१२) परमेश्वरको राज्यले पृथ्वीमा न्याय स्थापित गर्नेछ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • संसारमा भइरहेको अन्याय ईश्वरले देख्नुभएको छ र त्यसलाई भविष्यमा सच्याउनुहुनेछ।—उपदेशक ५:८.

  • ईश्वरको न्यायले पृथ्वीमा शान्ति र सुरक्षा ल्याउनेछ।—यशैया ३२:१६-१८.

के ईश्वरले कुनै खास जातिको मानिसहरूलाई मात्र समर्थन गर्नुहुन्छ?

कसै-कसैलाई ईश्वरले कुनै खास जातिको मानिसहरूलाई आशिष्‌ वा सराप दिनुहुन्छ जस्तो लाग्छ। अरू भने ईश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ भनेर विश्वास गर्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

“परमेश्वर पक्षपाती हुनुहुन्न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) ईश्वरको नजरमा सबै मानिस बराबर छन्‌।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • बाइबलमा “हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूका लागि “सुसमाचार” पाइन्छ।—प्रकाश १४:६.