पहिलो तिमोथि ६:१-२१

  • दासहरूले आफ्ना मालिकको आदर गर्नुपर्छ (१, २)

  • झूटा शिक्षकहरू र पैसाको प्रेम (३-१०)

  • परमेश्‍वरको जनलाई निर्देशन (११-१६)

  • असल काममा धनी होओ (१७-१९)

  • आफूले पाएको नासोलाई सँभालेर राख (२०, २१)

 दासत्वको जुवामुनि हुनेहरूले आ-आफ्नो मालिकलाई पूर्ण आदरको योग्य सम्झिरहून्‌+ ताकि परमेश्‍वरको नाम र उहाँको शिक्षा कहिल्यै बदनाम नहोस्‌।+ २  साथै ज-जसको मालिक ख्रिष्टियन हुन्‌, तिनीहरूले आफ्नो मालिक सङ्‌गी भाइ त हो नि भन्दै उनीहरूको अनादर नगरून्‌। बरु तिनीहरूले अझ मेहनत गरेर सेवा गरून्‌ किनभने जसले तिनीहरूको असल सेवाबाट लाभ उठाइरहेका छन्‌, उनीहरू तिनीहरूकै प्रिय ख्रिष्टियन भाइ हुन्‌। यी कुराहरू सिकाइरहनू अनि यी अर्तीहरू दिइरहनू। ३  यदि कुनै मानिसले अरू नै शिक्षा सिकाउँछ अनि ऊ हाम्रा प्रभु येसु ख्रिष्टको तर्फबाट आएको साँचो* निर्देशन र परमेश्‍वरको भक्‍तिसित+ मेल खाने शिक्षासित+ सहमत हुँदैन भने ४  ऊ घमन्डले फुलेको हुन्छ अनि उसले कुनै कुरा बुझ्दैन।+ बरु उसलाई वादविवाद गर्ने र शब्दहरूको विषयमा बहस गर्ने बानी परेको हुन्छ।*+ यी कुराहरूबाट ईर्ष्या, कलह, निन्दा* र खराब नियतले भरिएको शङ्‌का उत्पन्‍न हुन्छ। ५  साथै यी कुराहरूले भ्रष्ट दिमाग भएका+ र सत्यबाट तर्किएका मानिसहरूलाई ससाना कुराहरूमा पनि निरन्तर वादविवाद गर्न उक्साउँछ। तिनीहरू परमेश्‍वरको भक्‍तिलाई कमाई खाने भाँडो+ भन्ठान्छन्‌। ६  तर सत्य कुरा यो हो कि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति गर्दा धेरै लाभ पाउन सकिन्छ।+ ७  किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।+ ८  त्यसैले खान र लाउन* पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।+ ९  तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+ १०  किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्‍वासबाट तर्केका छन्‌ र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याएका छन्‌।+ ११  तर हे परमेश्‍वरको जन, तिमी भने यी कुराहरूदेखि भाग। बरु धार्मिकता,* परमेश्‍वरको भक्‍ति, विश्‍वास, प्रेम, सहनशीलता र कोमलताको+ पछि लाग। १२  विश्‍वासको उत्तम लडन्त लड, अनन्त जीवनलाई दह्रोसित पक्रिराख, जसको निम्ति तिमी बोलाइएका थियौ अनि जसको पक्षमा तिमीले धेरै साक्षीसामु राम्रो जनघोषणा गरेका थियौ। १३  परमेश्‍वर, जसले सबै कुरालाई जीवित राख्नुहुन्छ अनि ख्रिष्ट येसु, जसले सबैसामु पन्तियस पिलातसलाई+ राम्रो साक्षी दिनुभयो, उहाँहरूसामु म तिमीलाई यो आदेश दिन्छु १४  कि हाम्रा प्रभु येसु ख्रिष्ट प्रकट नहोउन्जेल बेदाग र दोषरहित रहेर तिमीलाई दिइएको आज्ञा पालन गर।+ १५  तोकिएको समयमा प्रभु येसु ख्रिष्टले आफूलाई प्रकट गर्नुहुनेछ। उहाँ आनन्दित र एक मात्र शक्‍तिशाली शासक अनि राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ,+ १६  जससित मात्र अमरता छ,+ जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ+ अनि जसलाई कुनै मानिसले देखेको छैन र देख्न पनि सक्दैन।+ आदर र अनन्त पराक्रम उहाँकै होस्‌। आमिन। १७  जो यस वर्तमान युगमा* धनी छन्‌, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्‍वरमा राखून्‌, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+ १८  तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्‌, तिनीहरू असल काममा धनी होऊन्‌, उदार होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌+ १९  अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ।+ यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।+ २०  हे तिमोथि, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख+ अनि पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट र त्यस्ता मानिसहरूको विचारबाट अलग बस, जो आफूसित ज्ञान छ भनी सोच्छन्‌ तर तिनीहरूको ज्ञान सत्यसित मेल खाँदैन।+ २१  किनकि यस्तो ज्ञानको पछि लागेर कोही-कोही विश्‍वासबाट तर्केका छन्‌। परमेश्‍वरको असीम अनुग्रह तिमीसित रहोस्‌।

फुटनोटहरू

वा “स्वस्थकर; लाभदायी।”
वा “बहस गर्ने अनुचित किसिमको बानी हुन्छ।”
वा “दुर्वचन।”
वा “बस्ने ठाउँ।”
शब्दावली हेर्नुहोस्‌।
वा “आदेश।”
शब्दावली हेर्नुहोस्‌।