सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Military equipment: Anton Petrus/Moment via Getty Images; money: Wara1982/iStock via Getty Images Plus

जागा रहो!

युद्धको लागि खरबौँको खर्च—⁠के कुरा त्यति मात्र हो?

युद्धको लागि खरबौँको खर्च—⁠के कुरा त्यति मात्र हो?

 युद्धले पुऱ्‍याएको क्षति भयावह छ।

  •   “सरकारहरूले युद्धहरूको लागि विश्‍वव्यापी रूपमा २२ खरब अमेरिकी डलर खर्च गरे।”—द वासिङ्‌टन पोस्ट, फेब्रुअरी १३, २०२४.

 तर चुकाउनुपरेको मूल्य यति मात्र त होइन। उदाहरणको लागि, युक्रेनमा भइरहेको युद्धलाई नै लिनुहोस्‌।

  •   सैन्य दल। युद्ध सुरु भएदेखि यता दुई वर्षको अवधिमा लगभग पाँच लाख सिपाहीहरूले ज्यान गुमाएका छन्‌ वा घाइते भएका छन्‌ भनेर अनुमान गरिएको छ।

  •   आम जनता। संयुक्‍त राष्ट्र सङ्‌घअनुसार २८ हजार भन्दा धेरैको मृत्यु भएको छ वा घाइते भएका छन्‌। संयुक्‍त राष्ट्रका एक अधिकृतले यसो भने: “यो युद्धले जनसाधारणलाई कत्ति असर गरेको छ भनेर हामी कल्पनै गर्न सक्दैनौँ।” a

 राष्ट्रहरूबिचको विवाद र युद्धले गर्दा मानिसहरूले धेरै दुःखकष्ट झेल्नुपरेको छ।

  •   ११ करोड ४० लाख। सेप्टेम्बर २०२३ को एउटा तथ्याङ्‌कअनुसार, ११ करोड ४० लाख मानिसहरू युद्ध र हिंसाले गर्दा आफ्नो घरबार छोडेर अन्तै जान बाध्य भएका छन्‌।

  •   ७८ करोड ३० लाख। विश्‍वभरि ७८ करोड ३० लाख मानिसहरू भोकमरीको चपेटामा परेका छन्‌। “भोकमरीको एउटा प्रमुख कारण राष्ट्रहरूबीचको विवाद हो। भोकमरीको चपेटामा परेका ७० प्रतिशत मानिसहरू युद्ध अनि दङ्‌गाफसादले असर गरेका ठाउँहरूमा बस्छन्‌।”—विश्‍व खाध्य कार्यक्रम।

 के युद्धहरू अन्त हुनेछन्‌? के कुनै दिन शान्ति छाउनेछ? के भोकमरी र गरिबी नहुने संसार सम्भव छ? यसबारे बाइबल के भन्छ?

युद्धको समय

 बाइबलमा घोडामा सवार एक व्यक्‍तिबारे बताइएको छ, जसले विश्‍वभरि मच्चिने युद्धलाई चित्रण गर्छ।

  •   “तब अर्को घोडा आयो। त्यो चहकिलो रातो रङ्‌गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट मच्चाएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार दिइयो।”—प्रकाश ६:४.

 बाइबलमा अरू दुई घोडसवारबारे पनि बताइएको छ, जसले अनिकाललाई र महामारी लगायत अरू कारणले गर्दा हुने मृत्युलाई चित्रण गर्छ। (प्रकाश ६:५-८) यस भविष्यवाणीबारे थप कुरा बुझ्न र यो हाम्रो समयमा पूरा हुँदै छ भनेर थाह पाउन “चार घोडसवार—तिनीहरू को हुन्‌?” भन्‍ने लेख हेर्नुहोस्‌।

शान्तिमय भविष्य

 चाँडै युद्धले गर्दा जनधनको क्षति नहुने समय आउनेछ। तर मानिसले यो आफ्नै भरमा गर्न सम्भव छैन। बाइबल भन्छ:

  •   ‘पृथ्वीबाट परमेश्‍वरले युद्ध नामेट पार्नुहुनेछ।’—भजन ४६:९.

  •   युद्धले निम्त्याएको भयावह स्थिति यहोवाले सुधार्नुहुनेछ। “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

  •   यहोवाले शान्तिमय संसार ल्याउनुहुनेछ। “मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ; तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।”—यसैया ३२:१८.

 बाइबल भविष्यवाणीअनुसार त्यो समय नजिकै छ भनेर अहिले भइरहेका युद्ध र अरू घटनाहरूले सङ्‌केत गर्छ।

 ईश्‍वरले यो शान्तिमय संसार कसरी ल्याउनुहुनेछ? उहाँले आफ्नो स्वर्गीय सरकार अर्थात्‌ उहाँको राज्यमार्फत यो सम्भव तुल्याउनुहुनेछ। (मत्ति ६:१०) यो राज्य के हो र यसले तपाईँको लागि कस्तो अर्थ राख्छ भनेर बुझ्न परमेश्‍वरको राज्य के हो? भिडियो हेर्नुहोस्‌।

a Miroslav Jenca, United Nations assistant secretary-general for Europe, December 6, 2023.