सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ४०

भन तिमी कसको?

भन तिमी कसको?

(रोमी १४:८)

  1. १. भन तिमी कसको?

    सेवा गर्छौ कुन देवको?

    जोसामु झुक्छौ उही हो है,

    तिम्रो देवता, तिम्रो मालिक।

    दुई मालिकलाई तिमी

    रिझाउन सक्दैनौ है!

    त्यसैले कसको सेवा गर्ने हो

    अहिल्यै रोज तिमी।

  2. २. भन तिमी कसको?

    रोज्छौ अब कुन देवलाई?

    एउटा झूटो छ, अर्को साँचो;

    निर्णय हो तिम्रो यो आफ्नो।

    संसारको शासकलाई

    समर्थन गर्ने हो कि?

    साँचो ईश्‍वरको भय मानेर

    उनकै इच्छा गर्ने हो?

  3. ३. भन म हुँ कसको?

    सेवा गर्छु याहको।

    स्वर्गका पिता याहलाई पुज्छु।

    वाचा सबै पूरा गर्छु।

    मोल तिरी किनिएँ।

    उनकै भक्‍ति गर्नेछु।

    जिउँछु हरेक पल उनलाई अर्पेर,

    हरदिन महिमा गाउँछु।