सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६८

राज्यको बिउ छरौँ!

राज्यको बिउ छरौँ!

(मत्ति १३:४-८)

  1. १. खुसीले सुनाऔँ राज्य सन्देश

    स्विकारी येसुको आज्ञा।

    दिन्छन्‌ मदत डोऱ्‍याइ हामीलाई;

    पछ्याइरहौँ उनको पाइला।

    समय छँदै छरौँ सत्यको बिउ

    बढ्‌नेछ त्यो निश्‍चल मनमा।

    तनमन लगाऔँ अब प्रचारको काममा;

    पूरा गरौँ यो हाम्रो जिम्मा।

  2. २. कुन हदसम्म सफल हुनेछौ

    तिमीमा पनि भर पर्छ।

    देऊ मदत वचन सुनेकालाई

    सिकाऊ सत्य पालन गर्न।

    आउनेछ धेरै बाधा र विघ्न

    मदत गर्नू अघि बढ्‌न।

    जब देख्छौ, बढ्‌दै छन्‌ तिनी अघि

    खुसी हुनेछौ तिमी अति।

(मत्ति १३:१९-२३; २२:३७ पनि हेर्नुहोस्‌)