सीधै सामग्रीमा जाने

सहायक मन्त्री क्लडियो रोमेरोले (बायाँ) अर्जेन्टिना शाखा समितिका भाइ मिगेल पुचेटिलाई (दायाँ) कदर-पत्र दिँदै

डिसेम्बर ३१, २०१९
अर्जेन्टिना

बुइनस आइरिस सहरका प्रतिनिधिले २०१९ अन्तरराष्ट्रिय अधिवेशनको लागि कदर-पत्र प्रदान गर्छन्‌

बुइनस आइरिस सहरका प्रतिनिधिले २०१९ अन्तरराष्ट्रिय अधिवेशनको लागि कदर-पत्र प्रदान गर्छन्‌

बुइनस आइरिस सहरका प्रतिनिधिले उक्‍त सहरमा आयोजना गरिएको २०१९ अन्तरराष्ट्रिय अधिवेशन सामाजिक, सांस्कृतिक र धार्मिक महोत्सव हो भनेर बताए। डिसेम्बर १२, २०१९ मा बुइनस आइरिस सहरमा हाम्रो अधिवेशनसम्बन्धी एउटा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। उक्‍त कार्यक्रममा सहरका प्रतिनिधिले हाम्रा भाइहरूलाई अधिवेशनको प्रशंसा गर्दै कदर-पत्र हस्तान्तरण गरे।

सरकारका दुई जना प्रतिनिधि क्लडियो रोमेरो र फेड्रिको पुग्लेसियले बुइनस आइरिस सहरमा यहोवाका साक्षीहरूको कामको प्रशंसा गरे। क्लडियो रोमेरोले यसो भन्‍नुभयो: “तपाईँहरूको धार्मिक विश्‍वास अनि तपाईँहरूमाझ भएको शान्ति र एकताले हाम्रो समाजमा सकारात्मक प्रभाव पार्छ। तपाईँहरूको धर्मको म धेरै मोल गर्छु किनभने तपाईँहरू राजीखुसी र लगनशील भई आफ्नो काममा लाग्नुहुन्छ। आफ्नो विश्‍वासबारे अरूलाई सिकाउँदा तपाईँहरूले देखाउनुहुने प्रेम र जोस साँच्चै प्रशंसायोग्य छ।” फेड्रिको पुग्लेसियले यसो भन्‍नुभयो: “आज तपाईँहरू ‘प्रेम कहिल्यै अन्त हुँदैन’ भन्‍ने लक्ष्यसहित भेला हुनुभएको छ। तपाईँहरूले यो गुण अधिवेशनका दिनहरूमा मात्र नभई हरेक दिन देखाउनुहुन्छ भनेर मलाई थाह छ किनभने तपाईँहरू प्रेमबाट उत्प्रेरित हुनुहुन्छ।”

यस कदर-पत्रमा हाम्रा दाजुभाइ दिदीबहिनीले छिमेकीहरूप्रति देखाएको प्रेमको प्रशंसा गरिएको छ। तर हामीले त्यस्तो प्रेम देखाउनुको मुख्य कारण मानिसहरूबाट प्रशंसा पाउन होइन तर हाम्रा मायालु परमेश्‍वर यहोवाको महिमा गर्न हो।—१ युहन्‍ना ४:८.