सीधै सामग्रीमा जाने

मैले जीवन कसरी बिताएको परमेश्‍वर चाहनुहुन्छ?

मैले जीवन कसरी बिताएको परमेश्‍वर चाहनुहुन्छ?

बाइबलको जवाफ

 तपाईँले परमेश्‍वरलाई राम्ररी चिनेको र उहाँसित नजिक भएको परमेश्‍वर चाहनुहुन्छ। साथै तपाईँले उहाँलाई प्रेम गरेको र आफ्नो सारा मनले सेवा गरेको चाहनुहुन्छ। (मत्ती २२:३७, ३८; याकूब ४:८) येशूको जीवनी र शिक्षाबाट यहोवाको इच्छाअनुसार कसरी चल्न सकिन्छ भनेर बुझ्न सक्नुहुन्छ। (यूहन्‍ना ७:१६, १७) येशूले परमेश्‍वरको इच्छाबारे कुरा मात्र गर्नुभएन तर त्यसअनुसार जीवन बिताउनुभयो। उहाँले ‘आफ्नो होइन तर आफूलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु’ नै जीवनको उद्देश्‍य हो भन्‍नुभयो।—यूहन्‍ना ६:३८.

परमेश्‍वर मबाट के चाहनुहुन्छ भनेर बुझ्न मलाई विशेष चिन्ह, दर्शन वा बोलावट चाहिन्छ?

 चाहिँदैन। किनभने बाइबलमा मानिसजातिको लागि परमेश्‍वरको सन्देश पाइन्छ। त्यसमा भएका कुराले “हरेक असल कामका लागि तयार बनाउँछ।” (२ तिमोथी ३:१६, १७) बाइबल अध्ययन गरेर अनि “सोचविचार गर्ने क्षमता चलाएर” परमेश्‍वर तपाईँबाट के चाहनुहुन्छ भन्‍ने कुरा थाह पाउन सक्नुहुन्छ।—रोमी १२:१, २; एफिसी ५:१७.

म परमेश्‍वरको इच्छाअनुसार चल्न सक्छु र?

 पक्कै सक्नुहुन्छ। किनभने बाइबल यसो भन्छ: “[परमेश्‍वरका] आज्ञाहरू बोझिला छैनन्‌।” (१ यूहन्‍ना ५:३) यसको मतलब उहाँका आज्ञाहरू पालन गर्न सधैँ सजिलो हुन्छ भन्‍ने होइन। तर ती पालन गर्न तपाईँले गरेको प्रयासभन्दा त्यसबाट हुने फाइदा कता हो कता धेरै हुन्छ। येशू आफैले यसो भन्‍नुभयो: “धन्य त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लूका ११:२८.