सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँ बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

तपाईँ बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथि ३:१६) यसको मतलब सर्वशक्‍तिमान्‌ सृष्टिकर्ताले आफ्ना विचारहरू बाइबल लेखकहरूको मनमा राखिदिनुभयो।

उहाँको बुद्धिबाट तपाईँले लाभ उठाएको ईश्‍वर चाहनुहुन्छ

“म यहोवा . . . तिमीहरूकै भलाइ होस्‌ भनेर . . . तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु। तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने तिमीहरूको शान्ति नदीझैँ हुनेछ र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।”—यसैया ४८:१७, १८.

यसलाई तपाईँ ईश्‍वरले व्यक्‍तिगत रूपमा दिनुभएको निम्तोको रूपमा हेर्न सक्नुहुन्छ। उहाँ तपाईँले मनोशान्ति र चिरकालीन आनन्द पाएको चाहनुहुन्छ। साथै उहाँ तपाईँलाई मदत गर्न तयार हुनुहुन्छ।

तपाईँ ईश्‍वरले दिनुहुने बुद्धि प्राप्त गर्न सक्नुहुन्छ

“सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।”—मर्कुस १३:१०.

यस “सुसमाचार”-मा दुःखकष्टको अन्त गर्ने, पृथ्वीलाई सुन्दर बगैँचा बनाउने र मरिसकेका प्रियजनहरूलाई फेरि जीवित पार्ने यहोवाका प्रतिज्ञाहरू समावेश छन्‌। यहोवाका साक्षीहरूले संसारभरि बाइबलआधारित यो सुसमाचार सुनाउँदै छन्‌।