भजनसङ्‌ग्रह ११९:१-१७६

  • परमेश्‍वरको अनमोल वचनको कदर

    • “जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?” ()

    • “तपाईँका सम्झौटाहरू मलाई साह्रै मन पर्छ” (२४)

    • “तपाईँको वचन नै मेरो आशा हो” (७४, ८१, ११४)

    • “म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!” (९७)

    • ‘मेरा सबै शिक्षकमा भन्दा ज्यादा अन्तर्दृष्टि’ (९९)

    • “तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती” (१०५)

    • “सत्य नै तपाईँको वचनको सार हो” (१६०)

    • परमेश्‍वरको व्यवस्था मन पराउनेहरूले शान्ति पाउँछन्‌ (१६५)

א [आलेफ] ११९  आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो चालमा निर्दोष छन्‌,*जो यहोवाको व्यवस्थाअनुसार चल्दछन्‌।+  २  आनन्दित हुन्‌ ती मानिसहरू, जसले उहाँका सम्झौटाहरू पालन गर्छन्‌,+जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन्‌।+  ३  तिनीहरू कुकर्मदेखि अलग रहन्छन्‌;तिनीहरू उहाँको मार्गमा हिँड्‌छन्‌।+  ४  तपाईँका आदेशहरू होसियार भई पालन गर्नू भनी+तपाईँले आज्ञा दिनुभएको छ।  ५  म केवल यही चाहन्छु कि म स्थिर भइरहूँ*+ताकि मैले तपाईँका नीतिनियम पालन गर्न सकूँ।  ६  तब तपाईँका सबै आज्ञा पालन गर्दामैले बेइज्जती भोग्नुपर्नेछैन।+  ७  जब म तपाईँका न्यायोचित फैसलाहरूबारे सिक्नेछु,तब सोझो मनले म तपाईँको प्रशंसा गर्नेछु।  ८  म तपाईँका नीतिनियम पालन गर्नेछु;मलाई चटक्कै नत्याग्नुहोस्‌। ב [बेथ]  ९  जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?होसियार भई तपाईँको वचन पालन गरेर।+  १०  म आफ्नो सारा हृदयले तपाईँको खोजी गर्छु।मलाई तपाईँका आज्ञाहरूदेखि तर्केर जान नदिनुहोस्‌।+  ११  म आफ्नो हृदयमा तपाईँका वाणी साँचेर राख्छु+ताकि मैले तपाईँविरुद्ध पाप नगरूँ।+  १२  हे यहोवा, तपाईँको प्रशंसा होस्‌।मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।  १३  तपाईँले सुनाउनुभएका सबै फैसलाम आफ्नो मुखले घोषणा गर्छु।  १४  कुनै पनि बहुमूल्य कुरामा भन्दा+तपाईँका सम्झौटाहरूमा म रमाहट गर्छु।+  १५  तपाईँका आदेशहरूमा म घोरिनेछु।*+अनि तपाईँको मार्गमा ध्यान लगाउनेछु।+  १६  तपाईँका ऐनकानुन मलाई साह्रै मन पर्छ।तपाईँको वचनलाई म बिर्सनेछैनँ।+ ג [गिमेल]  १७  तपाईँको यस सेवकलाई दया देखाउनुहोस्‌ताकि म जीवित रहन सकूँ र तपाईँको वचन पालन गर्न सकूँ।+  १८  मेरो आँखा खोलिदिनुहोस्‌ताकि तपाईँको व्यवस्थाका उत्तम कुराहरू मैले छर्लङ्‌गै देख्न सकूँ।  १९  यो देशमा म परदेशी मात्र हुँ।+तपाईँका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌।  २०  तपाईँका फैसलाहरू सुन्‍ने तिर्सनाले गर्दामलाई हरबखत छटपटी हुन्छ।  २१  अहङ्‌कारीहरूलाई तपाईँ हप्काउनुहुन्छ,ती श्रापित मानिसहरूलाई, जो तपाईँका आज्ञाहरूबाट तर्केर जान्छन्‌।+  २२  मेरो बदनामी र मेरो अपमान हटाइदिनुहोस्‌किनकि मैले तपाईँका सम्झौटाहरू पालन गरेको छु।  २३  शासकहरू एक ठाउँमा भेला भएर मविरुद्ध बोल्दा समेततपाईँको यो सेवक तपाईँका नीतिनियममा डुबिरहन्छ।*  २४  तपाईँका सम्झौटाहरू मलाई साह्रै मन पर्छ।+ती मेरा सल्लाहकार भएका छन्‌।+ ד [दालेथ]  २५  म धुलोमा लम्पसार परेको छु।+तपाईँको वचनअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌।+  २६  मैले आफ्ना सबै कामबारे तपाईँलाई बताएँ अनि तपाईँले मलाई जवाफ दिनुभयो;मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।+  २७  मलाई तपाईँका आदेशहरूको अर्थ* बुझाइदिनुहोस्‌ताकि तपाईँका आश्‍चर्यलाग्दा कामहरूमा म डुबिरहन* सकूँ।+  २८  मेरा दुःखहरूले गर्दा मेरो निद्रा हराएको छ।मलाई तपाईँको वचनले बलियो बनाउनुहोस्‌।  २९  छल अनि कपटको बाटोदेखि मलाई टाढै राख्नुहोस्‌,+मलाई तपाईँको अनुग्रह देखाउनुहोस्‌ र तपाईँको व्यवस्था सिकाउनुहोस्‌।  ३०  मैले वफादारीको मार्ग रोजेको छु।+तपाईँका फैसलाहरू सही छन्‌ भनी मैले स्विकारेको छु।  ३१  म तपाईँका सम्झौटाहरूसित टाँसिरहन्छु।+हे यहोवा, मलाई निराश नतुल्याउनुहोस्‌।*+  ३२  तपाईँका आज्ञाहरूको मार्गमा म उत्सुक भई हिँड्‌नेछु*किनकि तपाईँले मेरो हृदयमा आफ्ना आज्ञाहरूको लागि ठाउँ बनाइदिनुभएको छ।* ה [हे]  ३३  हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्‌न सिकाउनुहोस्‌+अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+  ३४  मलाई समझ दिनुहोस्‌ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँअनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।  ३५  मलाई तपाईँका आज्ञाहरूको गोरेटोमा डोऱ्‍याउनुहोस्‌*+किनकि म त्यसमा अति प्रसन्‍न हुन्छु।  ३६  मेरो हृदयलाई बेइमानीको कमाइतिर होइन+बरु तपाईँका सम्झौटाहरूतिर फर्काइदिनुहोस्‌।  ३७  व्यर्थका कुरा हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।+मलाई तपाईँको मार्गमा जीवितै राख्नुहोस्‌।  ३८  आफ्नो यस सेवकसित गर्नुभएको प्रतिज्ञा* पूरा गर्नुहोस्‌ताकि मानिसहरूले तपाईँको डर मानून्‌।*  ३९  जुन बदनामीको मलाई डर छ, त्यो मदेखि हटाइदिनुहोस्‌किनकि तपाईँका फैसलाहरू सही छन्‌।+  ४०  हेर्नुहोस्‌, म तपाईँका आदेशहरूको कत्ति तिर्सना गर्छु!तपाईँको धार्मिकताको कारण मलाई जीवितै राख्नुहोस्‌। ו [वाव]  ४१  हे यहोवा, तपाईँको प्रतिज्ञाअनुसारै*+मलाई तपाईँको अटल प्रेम देखाउनुहोस्‌+ र मेरो उद्धार गर्नुहोस्‌।  ४२  अनि मेरो खिल्ली उडाउनेलाई म जवाफ दिनेछुकिनकि म तपाईँको वचनमा भरोसा गर्छु।  ४३  मेरो मुखबाट तपाईँका सत्य वचनहरू कहिल्यै नहटाउनुहोस्‌किनकि मैले तपाईँकै फैसलाको प्रतीक्षा गरेको छु।  ४४  म तपाईँको व्यवस्था निरन्तर पालन गर्नेछु,हो, सदासर्वदा पालन गर्नेछु।+  ४५  म सुरक्षित ठाउँमा* हिँडडुल गर्नेछु+किनकि म तपाईँका आदेशहरूको खोजी गर्छु।  ४६  म राजाहरूसामु तपाईँका सम्झौटाहरूबारे बोल्नेछुर म लजाउनेछैनँ।+  ४७  तपाईँका आज्ञाहरू मलाई साह्रै मन पर्छ,हो, म तिनलाई प्रेम गर्छु।+  ४८  म तपाईँका आज्ञाहरूलाई प्रेम गर्छु,+त्यसैले म आफ्नो हात उठाएर तपाईँलाई प्रार्थना गर्नेछु।अनि म तपाईँका नीतिनियममा डुबिरहनेछु।*+ ז [जयिन]  ४९  आफ्नो यस सेवकलाई दिनुभएको वचन* याद गर्नुहोस्‌,जसद्वारा तपाईँ मलाई आशा दिनुहुन्छ।*  ५०  कष्टको समयमा त्यसले नै मलाई सान्त्वना दिन्छ+किनकि तपाईँका वाणीले नै मेरो जीवनको रक्षा गरेको छ।  ५१  अहङ्‌कारीहरू मेरो खुब खिल्ली उडाउँछन्‌तर म तपाईँको व्यवस्थादेखि तर्केर जाँदिनँ।+  ५२  हे यहोवा, प्राचीनकालदेखिका तपाईँका फैसलाहरू म सम्झन्छु+अनि तिनैले मलाई सान्त्वना दिन्छन्‌।+  ५३  तपाईँको व्यवस्थालाई लत्याउने+ दुष्ट मानिसहरूको कारणमभित्र क्रोधको आगो दन्किएको छ।  ५४  म जहाँसुकै बसे पनि*तपाईँका नीतिनियम नै मेरा गीत हुन्‌।  ५५  हे यहोवा, रातको समयमा म तपाईँको नाम सम्झन्छु+ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ।  ५६  त्यो मेरो दिनचर्या नै भएको छकिनकि मैले तपाईँका आदेशहरू पालन गरेको छु। ח [हेत]  ५७  यहोवा मेरो अंश हुनुहुन्छ।+तपाईँको वचन पालन गर्ने प्रतिज्ञा मैले गरेको छु।+  ५८  मेरो सारा हृदयले म तपाईँलाई बिन्ती गर्छु;+तपाईँको प्रतिज्ञाअनुसारै* मलाई अनुग्रह देखाउनुहोस्‌।+  ५९  मैले आफ्ना मार्गहरू जाँचेको छुताकि तपाईँका सम्झौटाहरू फेरि पालन गर्न सकूँ।+  ६०  तपाईँका आज्ञाहरू पालन गर्न+म हतारिन्छु, आलेटाले गर्दिनँ।  ६१  दुष्टहरूको डोरीले मलाई जेलेको छतर तपाईँको व्यवस्थालाई मैले बिर्सेको छैनँ।+  ६२  जब म मध्यरातमा उठ्‌छु,तब तपाईँका न्यायोचित फैसलाहरूको लागिधन्यवाद चढाउँछु।+  ६३  तपाईँको डर मान्‍नेहरूर तपाईँका आदेश पालन गर्नेहरू सबैको म मित्र हुँ।+  ६४  हे यहोवा, पृथ्वी तपाईँको अटल प्रेमले भरिपूर्ण छ;+मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌। ט [टेथ]  ६५  हे यहोवा, तपाईँले आफ्नो वचनअनुसारैआफ्नो सेवकको भलाइ गर्नुभएको छ।  ६६  मलाई सुझबुझ र ज्ञान दिनुहोस्‌+किनकि मैले तपाईँका आज्ञाहरूमा भरोसा गरेको छु।  ६७  दुःख भोग्नुअघि म बरालिएको थिएँ*तर अहिले त म तपाईँको कुरा मान्दछु।+  ६८  तपाईँ असल हुनुहुन्छ+ र तपाईँका कामहरू असल छन्‌।मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।+  ६९  अहङ्‌कारीहरूले मेरो बारेमा नानाथरी झूट बोलेका छन्‌तर म भने आफ्नो सारा हृदयले तपाईँका आदेशहरू पालन गर्छु।  ७०  तिनीहरूको हृदय बोधो*+तर म भने तपाईँकै व्यवस्थामा रमाउँछु।+  ७१  दुःख भोग्नु मेरो लागि असल साबित भएको छ+किनकि मैले तपाईँका नीतिनियम सिक्न पाएँ।  ७२  तपाईँको मुखबाट निस्केको व्यवस्था मेरो लागि असल छ,+त्यो हजारौँ टुक्रा सुन र चाँदीभन्दा पनि असल छ।+ י [योद]  ७३  तपाईँले आफ्नो हातले मलाई बनाउनुभयो, मलाई आकार दिनुभयो।मलाई समझशक्‍ति दिनुहोस्‌ताकि मैले तपाईँका आज्ञाहरू सिक्न सकूँ।+  ७४  तपाईँको डर मान्‍नेहरू मलाई देखेर रमाउँछन्‌किनकि तपाईँको वचन नै मेरो आशा हो।*+  ७५  हे यहोवा, म जान्दछु, तपाईँका फैसलाहरू न्यायोचित छन्‌;+तपाईँले आफ्नो वफादारीको कारण मलाई कष्टमा पर्न दिनुभएको छ।+  ७६  बिन्ती छ, तपाईँले आफ्नो यस सेवकसित गर्नुभएको प्रतिज्ञाअनुसारै*तपाईँको अटल प्रेमले+ मलाई सान्त्वना दिनुहोस्‌।  ७७  मलाई कृपा देखाउनुहोस्‌ ताकि म जीवित रहन सकूँ+किनकि तपाईँको व्यवस्थामा म प्रसन्‍न रहन्छु।+  ७८  अहङ्‌कारीहरूको बेइज्जत होस्‌किनकि तिनीहरू विनाकारण* मलाई हानि पुऱ्‍याउँछन्‌।तर म भने तपाईँका आदेशहरूमा घोरिन्छु।*+  ७९  तपाईँको डर मान्‍नेहरू मकहाँ फर्केर आऊन्‌,जसलाई तपाईँका सम्झौटाहरू थाह छ।  ८०  मेरो हृदयले निर्दोष भई तपाईँका नीतिनियम पालन गरोस्‌+ताकि मैले बेइज्जती भोग्न नपरोस्‌।+ כ [काफ]  ८१  तपाईँले गर्नुहुने उद्धारको म तिर्सना गर्छु+किनकि तपाईँको वचन नै मेरो आशा हो।*  ८२  मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्‌;+म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+  ८३  किनकि म धुवाँले सुकेको मशकजस्तै* भएको छु,तैपनि तपाईँका नीतिनियम म बिर्सन्‍नँ।+  ८४  तपाईँको यस सेवकले अझै कति दिन पर्खिनुपर्छ?मलाई सताउनेहरूलाई तपाईँ कहिले दण्ड दिनुहुन्छ?+  ८५  अहङ्‌कारीहरू, जो तपाईँको व्यवस्थालाई तुच्छ ठान्छन्‌,तिनीहरू मेरो निम्ति खाडल खन्छन्‌।  ८६  तपाईँका सबै आज्ञा भरोसायोग्य छन्‌।मानिसहरू मलाई विनाकारण सताउँछन्‌; मलाई सहायता गर्नुहोस्‌!+  ८७  तिनीहरूले मलाई पृथ्वीबाट झन्डै नामेट पारेका थिएतर मैले तपाईँका आदेशहरूलाई लत्याइनँ।  ८८  तपाईँको अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्‌ताकि तपाईँको मुखबाट निस्केका सम्झौटाहरू मैले पालन गर्न सकूँ। ל [लामेद]  ८९  हे यहोवा, तपाईँको वचन स्वर्गमासदासदाको लागि कायम रहनेछ।+  ९०  तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+  ९१  तपाईँका फैसलाहरूको कारण ती* अहिलेसम्म अस्तित्वमा छन्‌किनकि ती सबै तपाईँका सेवक हुन्‌।  ९२  यदि मैले तपाईँको व्यवस्थालाई मन नपराएको भएमैले झेलेको कष्टले गर्दा म नामेट भइसक्ने थिएँ।+  ९३  म तपाईँका आदेशहरू कहिल्यै बिर्सनेछैनँकिनकि तीमार्फत तपाईँले मेरो जीवनको रक्षा गर्नुभएको छ।+  ९४  म तपाईँकै हुँ, मलाई बचाउनुहोस्‌+किनकि मैले तपाईँका आदेशहरूको खोजी गरेको छु।+  ९५  दुष्टहरू मलाई नाश गर्न ढुकेर बस्छन्‌तर म भने आफ्नो पूरा ध्यान तपाईँका सम्झौटाहरूमै लगाउँछु।  ९६  निष्खोट कुराहरूमा समेत केही न केही त्रुटि हुँदो रहेछतर तपाईँका आज्ञाहरूमा भने कुनै त्रुटि छैन।* מ [मेम]  ९७  म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!+सारा दिन म त्यसैमा डुबिरहन्छु।*+  ९८  तपाईँको आज्ञाले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान्‌ बनाउँछ+किनकि त्यो सधैँ मसितै छ।  ९९  मेरा सबै शिक्षकमा भन्दा ममा ज्यादा अन्तर्दृष्टि*+किनकि म तपाईँका सम्झौटाहरूमा मग्न हुन्छु।* १००  म बूढापाकाहरूभन्दा समझदार छुकिनकि म तपाईँका आदेशहरू पालन गर्छु। १०१  तपाईँको वचन पालन गर्न सकूँ भनेरम कुबाटोमा हिँड्‌न इन्कार गर्छु।+ १०२  म तपाईँका फैसलाहरूबाट तर्कदिनँ।किनकि तपाईँले नै मलाई सिकाउनुभएको छ। १०३  तपाईँका वाणीहरू मेरो जिब्रोलाई कत्ति मीठो लाग्छ!ती मेरो मुखलाई महभन्दा पनि गुलियो लाग्छ।+ १०४  तपाईँका आदेशहरूले गर्दा म समझदार भएको छु।+त्यसैले म सबै झूटो मार्गलाई घृणा गर्छु।+ נ [नुन] १०५  तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्तीर मेरो बाटोको निम्ति ज्योति हो।+ १०६  मैले तपाईँको न्यायोचित फैसला पालन गर्ने शपथ खाएको छुर म त्यो पूरा गर्नेछु। १०७  मैले ज्यादै कष्ट भोग्नुपरेको छ।+हे यहोवा, तपाईँको वचनअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌।+ १०८  हे यहोवा, बिन्ती छ, मैले चढाएको प्रशंसाको स्वैच्छिकभेटी स्विकार्नुहोस्‌+र मलाई तपाईँको न्यायका स्तरहरू सिकाउनुहोस्‌।+ १०९  मेरो जीवन हरघडी खतरामा छतर मैले तपाईँको व्यवस्था बिर्सेको छैनँ।+ ११०  दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्‌तर म भने तपाईँका आदेशहरूबाट तर्केको छैनँ।+ १११  तपाईँका सम्झौटाहरूलाई म आफ्नो स्थायी सम्पत्ति* ठान्छुकिनकि तीदेखि मेरो हृदय खुसी हुन्छ।+ ११२  मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्‌कल्प गरेको छु।म जीवनभर त्यसो गरिरहनेछु, अन्तिम क्षणसम्मै। ס [सामेख] ११३  आधा हृदयले तपाईँको भक्‍ति गर्नेहरूलाई म घृणा गर्छु+तर म त तपाईँकै व्यवस्थालाई प्रेम गर्छु।+ ११४  तपाईँ मेरो आश्रय र ढाल हुनुहुन्छ+किनकि तपाईँको वचन नै मेरो आशा हो।*+ ११५  ए कुकर्मीहरू हो, मबाट पर जाओ+ताकि म मेरा परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ। ११६  तपाईँले प्रतिज्ञा गर्नुभएझैँ * मलाई साथ दिनुहोस्‌+ताकि म जीवित रहन सकूँ;मेरो आशालाई निराशामा परिणत हुन* नदिनुहोस्‌।+ ११७  मलाई साथ दिनुहोस्‌ ताकि म जोगिन सकूँ;+तब म सधैँभरि तपाईँका नीतिनियममा ध्यान दिनेछु।+ ११८  तपाईँका नीतिनियमबाट तर्किनेहरू सबैलाई तपाईँ तिरस्कार गर्नुहुन्छ+किनकि तिनीहरू झूटा र छली छन्‌। ११९  काम नलाग्ने कसर मिल्काएझैँ तपाईँ पृथ्वीका सबै दुष्टलाई मिल्काउनुहुन्छ।+त्यसैले म तपाईँका सम्झौटाहरूलाई प्रेम गर्छु। १२०  तपाईँको भयले गर्दा म थरथर काँप्छु;तपाईँको न्यायदण्डदेखि म डराउँछु। ע [अयिन] १२१  जे उचित र न्यायसङ्‌गत छ, मैले त्यही गरेको छु।ममाथि अत्याचार गर्नेहरूको हातमा मलाई नसुम्पिनुहोस्‌। १२२  तपाईँको यस सेवकलाई सहायता गर्ने वाचा गर्नुहोस्‌;अहङ्‌कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌। १२३  तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छअनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+ १२४  तपाईँको यस सेवकलाई आफ्नो अटल प्रेम देखाउनुहोस्‌+र तपाईँका नीतिनियम मलाई सिकाउनुहोस्‌।+ १२५  म तपाईँको सेवक हुँ;मलाई तपाईँका सम्झौटाहरू बुझ्न समझ दिनुहोस्‌।+ १२६  यहोवाले कदम चाल्ने समय आएको छ+किनकि तिनीहरूले तपाईँको व्यवस्था उल्लङ्‌घन गरेका छन्‌। १२७  साँच्चै, मलाई तपाईँका आज्ञाहरू साह्रै मन पर्छ,सुनभन्दा पनि धेरै, निखुर सुनभन्दा पनि धेरै मन पर्छ।+ १२८  त्यसैले तपाईँको हरेक निर्देशनलाई* म सही ठान्छु;+म सबै झूटो मार्गलाई घृणा गर्छु।+ פ [पे] १२९  तपाईँका सम्झौटाहरू अतुलनीय छन्‌।त्यसैले म ती पालन गर्छु। १३०  तपाईँका वचनको अर्थ खुल्दा ज्योति चम्कन्छ;+त्यसले अनुभवहीनहरूलाई समझ दिन्छ।+ १३१  तपाईँका आज्ञाहरूको तिर्सनाले गर्दा+म आफ्नो मुख खोलेर सुस्केरा हाल्छु।* १३२  तपाईँको नामलाई प्रेम गर्नेहरूसित तपाईँ जस्तो व्यवहार गर्नुहुन्छ, मसित पनि त्यस्तै व्यवहार गर्नुहोस्‌,*+मतिर फर्कनुहोस्‌ र मलाई अनुग्रह देखाउनुहोस्‌।+ १३३  आफ्नो वाणीले मेरो पाइला डोऱ्‍याउनुहोस्‌;*कुनै पनि दुष्ट थोक ममाथि हाबी हुन नपाओस्‌।+ १३४  अत्याचारी मानिसहरूबाट मलाई छुटाउनुहोस्‌र म तपाईँका आदेशहरू पालन गर्नेछु। १३५  तपाईँको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्‌*+र मलाई तपाईँको नीतिनियम सिकाउनुहोस्‌। १३६  मेरा आँखाहरूबाट आँसुको धारा बग्छकिनकि मानिसहरूले तपाईँको व्यवस्था पालन गरेका छैनन्‌।+ צ [सादे] १३७  हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ+अनि तपाईँका फैसलाहरू सही छन्‌।+ १३८  तपाईँले दिनुभएका सम्झौटाहरू न्यायसङ्‌गतर पूर्णतया भरपर्दा छन्‌। १३९  मेरो जोसले मलाई खाएको छ+किनकि मेरा वैरीहरूले तपाईँका वचन बिर्सेका छन्‌। १४०  तपाईँका वाणी पूर्णतया शुद्ध* छन्‌+र तपाईँको यस सेवकलाई ती मन पर्छ।+ १४१  म तुच्छ र अवहेलित छु;+तैपनि मैले तपाईँका आदेशहरू बिर्सेको छैनँ। १४२  तपाईँको न्याय कहिल्यै टलेर जाँदैन+अनि तपाईँको व्यवस्था सत्य छ।+ १४३  ममाथि दुःख र कठिनाइ आइपरे पनिम तपाईँकै आज्ञाहरूमा रमाइरहन्छु। १४४  तपाईँका सम्झौटाहरू सदा न्यायोचित छन्‌।मलाई समझ दिनुहोस्‌+ ताकि म जीवितै रहन सकूँ। ק [कोफ] १४५  म तपाईँलाई सारा हृदयले पुकार्छु। हे यहोवा, मलाई जवाफ दिनुहोस्‌।म तपाईँका नीतिनियम पालन गर्नेछु। १४६  म तपाईँलाई गुहार्छु; मलाई बचाउनुहोस्‌!म तपाईँका सम्झौटाहरू पालन गर्नेछु। १४७  तपाईँलाई गुहार्न म मिरमिरे उज्यालो हुनुअघि नै* उठेको छु+किनकि तपाईँको वचन नै मेरो आशा हो।* १४८  तपाईँका वाणीहरूमा डुब्न* सकूँ भनेरम मध्यरातमा* ब्युँझन्छु र मेरा आँखाहरू खुल्दछन्‌।+ १४९  तपाईँको प्रेम अटल भएकोले मेरो स्वर सुन्‍नुहोस्‌।+हे यहोवा, तपाईँको न्यायअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌। १५०  लाजमर्दो* काम गर्नेहरू मेरो नजिक आउँछन्‌;तिनीहरू तपाईँको व्यवस्थादेखि कोसौँ टाढा छन्‌। १५१  हे यहोवा, तपाईँ मेरो नजिक हुनुहुन्छ+अनि तपाईँका सबै आज्ञाहरू सत्य छन्‌।+ १५२  मैले धेरै अघि तपाईँका सम्झौटाहरूबारे सिकेको थिएँ,जुन तपाईँले सदा स्थिर रहिरहोस्‌ भनेर दिनुभएको थियो।+ ר [रेश] १५३  मेरा कष्टहरू हेर्नुहोस्‌ र मलाई तीबाट छुटाउनुहोस्‌+किनकि मैले तपाईँको व्यवस्था बिर्सेको छैनँ। १५४  मेरो पक्षमा खडा हुनुहोस्‌* र मेरो उद्धार गर्नुहोस्‌;+तपाईँको प्रतिज्ञाअनुसारै* मेरो जीवनको रक्षा गर्नुहोस्‌। १५५  उद्धार दुष्टहरूको पहुँचबाट धेरै टाढा छकिनकि तिनीहरूले तपाईँका नीतिनियमको खोजी गरेका छैनन्‌।+ १५६  हे यहोवा, तपाईँको कृपा अपार छ।+तपाईँको न्यायअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌। १५७  मेरो खेदो गर्नेहरू र मेरा वैरीहरू थुप्रै छन्‌;+तैपनि म तपाईँका सम्झौटाहरूदेखि तर्किएको छैनँ। १५८  छली मानिसलाई म घृणाको दृष्टिले हेर्छुकिनकि तिनीहरू तपाईँले भन्‍नुभएको कुरा मान्दैनन्‌।+ १५९  हेर्नुहोस्‌, तपाईँका आदेशहरूलाई म कत्ति प्रेम गर्छु!हे यहोवा, आफ्नो अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्‌।+ १६०  सत्य नै तपाईँको वचनको सार हो,+तपाईँका न्यायोचित फैसलाहरू सदासर्वदा कायम रहन्छन्‌। ש [सिन] वा [शिन] १६१  शासकहरू विनाकारण मेरो खेदो गर्छन्‌+तर मेरो हृदय भने तपाईँको वचनप्रतिको श्रद्धाले भरिएको छ।+ १६२  लुटको माल भेट्टाउँदा जसरी कोही रमाउँछ,त्यसरी नै तपाईँको वाणी सुन्‍न पाउँदा म रमाउँछु।+ १६३  मलाई झूट पटक्कै मन पर्दैन, मलाई त्यसदेखि घृणा लाग्छ।+तर तपाईँको व्यवस्थालाई म प्रेम गर्छु।+ १६४  तपाईँका न्यायोचित फैसलाहरूको निम्तिम दिनको सात चोटि तपाईँको प्रशंसा गर्छु। १६५  तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्‌।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्‍याउँदैन। १६६  हे यहोवा, म तपाईँले गर्नुहुने उद्धारका कामहरूको प्रतीक्षा गर्छुअनि म तपाईँका आज्ञाहरू पालन गर्छु। १६७  म तपाईँका सम्झौटाहरू पालन गर्छु,म तिनलाई असाध्यै प्रेम गर्छु।+ १६८  म तपाईँका आदेशहरू र तपाईँका सम्झौटाहरू पालन गर्छुकिनकि तपाईँलाई मेरा सबै काम थाह छ।+ ת [ताव] १६९  हे यहोवा, मदतको लागि मैले पुकार्दा मेरो पुकार तपाईँसम्म पुगोस्‌।+तपाईँको वचनअनुसारै मलाई समझ दिनुहोस्‌।+ १७०  तपाईँको अनुग्रह पाउन मैले गरेको बिन्ती तपाईँसामु पुगोस्‌।तपाईँको प्रतिज्ञाअनुसारै* मलाई बचाउनुहोस्‌। १७१  मेरो ओठ तपाईँको प्रशंसाले भरियोस्‌+किनकि तपाईँ मलाई आफ्ना नीतिनियम सिकाउनुहुन्छ। १७२  मेरो जिब्रोले तपाईँका वाणीबारे गीत गाओस्‌+किनकि तपाईँका सबै आज्ञा न्यायोचित छन्‌। १७३  मलाई मदत गर्न तपाईँको हात तयार रहोस्‌+किनकि मैले तपाईँका आदेशहरू पालन गर्ने छनौट गरेको छु।+ १७४  हे यहोवा, तपाईँले गर्नुहुने उद्धारको म तिर्सना गर्छु,तपाईँको व्यवस्था मलाई साह्रै मन पर्छ।+ १७५  म बाँचिरहन पाऊँ ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+तपाईँका फैसलाहरूले मलाई मदत गरून्‌। १७६  हराएको भेडाले जस्तै मैले बाटो बिराएको छु।+ आफ्नो सेवकलाई खोज्नुहोस्‌किनकि मैले तपाईँका आज्ञाहरू बिर्सेको छैनँ।+

फुटनोटहरू

वा “जो निष्ठावान्‌ छन्‌।”
शा., “मेरा मार्गहरू बलियोगरि स्थापित भएको भए!”
वा “अध्ययन गर्नेछु।”
वा “अध्ययन गर्छ।”
शा., “मार्ग।”
वा “अध्ययन गर्न।”
वा “लज्जित हुन नदिनुहोस्‌।”
शा., “दौडनेछु।”
वा सम्भवतः “किनकि तपाईँ मेरो मनलाई बलियो पार्नुहुन्छ।”
वा “हिँडाउनुहोस्‌।”
वा “भन्‍नुभएको कुरा।”
वा सम्भवतः “जुन तपाईँको डर मान्‍नेहरूसित तपाईँ गर्नुहुन्छ।”
वा “भन्‍नुभएको कुराअनुसारै।”
वा “फराकिलो ठाउँमा।”
वा “अध्ययन गर्नेछु।”
वा “प्रतिज्ञा।”
वा “जसको निम्ति तपाईँले मलाई पर्खन लगाउनुभयो।”
वा “त्यो घरमा, जहाँ म विदेशीको रूपमा बसेको छु।”
वा “भन्‍नुभएको कुराअनुसारै।”
वा “मैले अनजानमा पाप गरिरहेको थिएँ।”
शा., “बोसोजस्तै बाक्लो।”
वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”
वा “भन्‍नुभएको कुराअनुसारै।”
वा सम्भवतः “झुट बोलेर।”
वा “अध्ययन गर्छु।”
वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”
जनावरको छालाबाट बनेको थैलो।
यसले उहाँका सबै सृष्टिलाई जनाउँछ।
शा., “ज्यादै फराकिलो छ।”
वा “अध्ययन गरिरहन्छु।”
वा “आन्तरिक चेतना।”
वा “अध्ययन गर्छु।”
वा “अनन्त सम्पदा।”
वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”
वा “तपाईँले भन्‍नुभएझैँ।”
वा “लाजमा पर्न।”
वा “वाणी।”
वा “आदेशलाई।”
शा., “स्वाँस्वाँ गर्छु।”
शा., “तपाईँको न्यायको स्तरअनुसारै व्यवहार गर्नुहोस्‌।”
वा “स्थिर बनाउनुहोस्‌।”
वा “सेवकलाई हेरेर मुस्कुराउनुहोस्‌।”
वा “आगोले खारिएका।”
वा “उज्यालो हुनुअघि नै।”
वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”
वा “अध्ययन गर्न।”
वा “रातको प्रहरअघि नै।”
वा “छाडा।”
वा “मेरो पक्षमा वकालत गरिदिनुहोस्‌।”
वा “भनाइअनुसारै।”
वा “भन्‍नुभएको कुराअनुसारै।”