भजनसङ्‌ग्रह ३३:१-२२

  • सृष्टिकर्ताको प्रशंसा

    • “उहाँको लागि एउटा नयाँ गीत गाओ” ()

    • यहोवाको वाणी र सासले सृष्टि भयो ()

    • यहोवाको जाति आनन्दित हुन्छ (१२)

    • आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहन्छ (१८)

३३  हे धर्मीहरू हो, यहोवाले गर्नुभएका असल कुराहरूको लागि खुसीले कराओ।+सोझाहरूले उहाँको प्रशंसा गर्न सुहाउँछ।  २  वीणा बजाएर यहोवालाई धन्यवाद चढाओ;दस-तारे बाजा बजाएर उहाँको स्तुति गाओ।*  ३  उहाँको लागि एउटा नयाँ गीत गाओ;+तारे बाजा राम्ररी बजाओ र जयजयकार गर।  ४  किनकि यहोवाको वचन सच्चा छ;+उहाँ जे गर्नुहुन्छ, ती सबै भरोसायोग्य छन्‌।  ५  उहाँ धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ।+पृथ्वी यहोवाको अटल प्रेमले भरिपूर्ण छ।+  ६  यहोवाको वाणीद्वारा आकाश सृष्टि भएको हो+अनि त्यसमा भएका सबै थोक उहाँको सासले बनेका हुन्‌।  ७  उहाँ समुद्रको पानीलाई बाँधले जस्तै जम्मा गर्नुहुन्छ;+उर्लँदो पानीलाई भण्डारमा सञ्चय गर्नुहुन्छ।  ८  सारा पृथ्वीले यहोवाको भय मानोस्‌।+धर्तीका सबै बासिन्दाले उहाँको श्रद्धा गरून्‌।  ९  उहाँले बोल्नुभयो अनि सबै कुरा अस्तित्वमा आए;+उहाँले आदेश दिनुभयो अनि सबथोक स्थिर भए।+ १०  यहोवाले राष्ट्रहरूका षड्‌यन्त्रहरूलाई* विफल पारिदिनुभएको छ;+उहाँले जातिजातिका योजनाहरूलाई* बेकाम तुल्याइदिनुभएको छ।+ ११  तर यहोवाका फैसलाहरू* भने सदासर्वदा रहन्छन्‌;+उहाँको मनका विचारहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्‌। १२  आनन्दित हो त्यो जाति, जसको परमेश्‍वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+ १३  यहोवा स्वर्गबाट तल हेर्नुहुन्छ;उहाँको नजर सबै मानिसमाथि रहन्छ।+ १४  उहाँ आफ्नो निवासस्थानबाटपृथ्वीका सबै बासिन्दामाथि नजर लगाउनुहुन्छ। १५  सबैको हृदय रच्ने उहाँ नै हुनुहुन्छ;उहाँले तिनीहरूका सबै काम जाँच्नुहुन्छ।+ १६  कुनै पनि राजा आफ्नो विशाल सेनाको भरमा बच्न सक्दैन;+बलवान्‌ मानिसलाई उसको ठूलो बलले जोगाउन सक्दैन।+ १७  छुटकाराको लागि* घोडामा भर पर्नु व्यर्थ छ;+त्यो जति नै बलियो भए पनि त्यसले बचाउन सक्दैन। १८  हेर! यहोवासित डराउनेहरूमाथिर उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+ १९  जसको कारण तिनीहरूले मृत्युबाट छुटकारा पाउँछन्‌र अनिकालको बेला तिनीहरू जीवितै रहन्छन्‌।+ २०  हामी यहोवाको बाटो हेरिरहन्छौँ।उहाँ हाम्रो मदतगार र ढाल हुनुहुन्छ।+ २१  उहाँको कारण हाम्रो हृदय हर्षित हुन्छकिनकि हामीले उहाँको पवित्र नाममा भरोसा गरेका छौँ।+ २२  हे यहोवा, तपाईँको अटल प्रेमले हामीमाथि बास गरोस्‌+किनकि हामी तपाईँकै बाटो हेर्छौँ।+

फुटनोटहरू

वा “धुन बजाओ।”
वा “सल्लाहहरूलाई।”
वा “विचारहरूलाई।”
वा “सल्लाहहरू।”
वा “विजयी हुन।”