सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Marek M. Berezowski/Anadolu Agency via Getty Images

जागा रहो!

युक्रेनमा युद्ध सुरु भएको एक वर्ष पूरा भयो—बाइबलले कस्तो आशा दिन्छ?

युक्रेनमा युद्ध सुरु भएको एक वर्ष पूरा भयो—बाइबलले कस्तो आशा दिन्छ?

 शुक्रबार, फेब्रुअरी २४, २०२३ मा युक्रेनमा युद्ध सुरु भएको एक वर्ष पूरा भयो। केही रिपोर्टअनुसार यस डरलाग्दो युद्धमा लगभग ३,००,००० युक्रेनियन र रूसी सैनिकहरू मारिएका वा घाइते भएका छन्‌ अनि लगभग ३०,००० जनसाधारणले ज्यान गुमाएका छन्‌। तर यो सङ्‌ख्या अझ धेरै हुन सक्छ।

 दुःखको कुरा, यो युद्ध चाँडै अन्त होला जस्तो देखिँदैन।

  •   “रूसी सेना युक्रेनमा छिरेको लगभग एक वर्ष बितिसक्दा पनि यो युद्ध अन्त हुने कुनै सङ्‌केत देखिँदैन। साथै एउटा पक्षको जित होला वा दुवै पक्ष सहमतिमा आउला जस्तो पनि देखिँदैन।”—NPR (National Public Radio), फेब्रुअरी १९, २०२३.

 यो र यस्तै अरू युद्धले निम्त्याएको दुःख र पीडाले गर्दा संसारभरका थुप्रै सिधासादा मानिस आकुल-व्याकुल हुनु स्वाभाविकै हो। यस्तो परिस्थितिमा बाइबलले कस्तो आशा दिन्छ? के युद्धको कहिल्यै अन्त होला?

सबै युद्धको अन्त गर्ने एउटा युद्ध

 बाइबलमा एउटा युद्धबारे बताइएको छ, जसले मानिसजातिलाई नाश गर्नेछैन बरु जोगाउनेछ। त्यो आरमागेडोनको युद्ध हो र त्यसलाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” भनिएको छ। (प्रकाश १६:१४, १६) त्यस युद्धमार्फत परमेश्‍वरले मानव शासनको अन्त गर्नुहुनेछ, जसले गर्दा थुप्रै विनाशकारी युद्धहरू भएका छन्‌। आरमागेडोनको युद्धपछि कसरी सदाको लागि शान्ति छाउनेछ भनेर बुझ्न निम्न लेखहरू पढ्‌नुहोस्‌: