सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४४

इनाममा दृष्टि राखौँ!

इनाममा दृष्टि राखौँ!

(२ कोरिन्थी ४:१८)

  1. १. आँखाको ज्योति फर्कनेछ;

    बहिरोले फेरि सुन्‍नेछ;

    बालकले खुसी भै गाउनेछ;

    शान्ति र खुसी छाउनेछ।

    प्रियजन कहिल्यै नछुट्‌ने;

    शोक, रुवाइ, पीडा क्यै नहुने।

    (कोरस)

    यी सबै तिमीले देखौला,

    दृष्टि राखे है इनाममा।

  2. २. पाठो अनि ब्वाँसो मिल्नेछ;

    भालु अनि बाछो खेल्नेछ;

    बालकले तिनलाई डोऱ्‍याउनेछ;

    उसले भनेको मान्‍नेछ।

    आँसु, व्यथा सब हराउनेछ,

    दुःख, कष्ट र डर बित्नेछ।

    (कोरस)

    यी सबै तिमीले देखौला,

    दृष्टि राखे है इनाममा।

(यसै. ११:६-९; ३५:५-७; युह. ११:२४ पनि हेर्नुहोस्‌)